पोखरा विमानस्थलमा आन्तरिक यात्रुलाई र्‍याम्प बस, अन्तर्राष्ट्रियलाई एरोब्रिज

काठमाडौं, १२ पुुस – काठमाडौंपछि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका यात्रुले र्‍याम्प बस चढ्नु पर्ने भएको छ । विमानस्थलको टर्मिनल भवनको दायाँ साइडलाई विमानस्थल कार्यालयले आन्तरिक उडानका यात्रुको आगमन तथा प्रस्थान क्षेत्र तोकेको छ ।

तर, जहाजहरु पार्किङ भने टर्मिनल भवनको बायाँ साइडमा रहने छन् । जसका कारण पैदल हिंड्न लामो समय लाग्छ । सोहीकारण आन्तरिक उडान गर्ने कम्पनीहरुले यहाँ र्‍याम्प बस चलाउनु पर्ने भएको छ ।

यात्रुलाई आन्तरिक प्रस्थान कक्षबाट विमानस्थलसम्म लैजाँदा बीचमा अन्तर्राष्ट्रिय तर्फको क्षेत्र पर्छ । जसले गर्दा यात्रुलाई बसमा लैजानु पर्नेछ । अहिलेसम्म काठमाडौंको त्रिभुवन विमानस्थलमा मात्र र्‍याम्प बसको व्यवस्था रहेको छ ।

भैरहवामा पुरानै टर्मिनल भवनबाट आन्तरिक उडान गरिएका कारण त्यहाँ यात्रुले प्रस्थान कक्षबाट सिधै जहाज चढ्न सक्छन् । अन्य आन्तरिक विमानस्थलमा समेत र्‍याम्प बस राख्नु परेको छैन ।

Facebook Comments Box