पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ पुस – पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६१ आरटी पीसीआर तथा ४०२ एन्टीजेन परिक्षण सहित ६६३ जनाको परिक्षण गर्दा थप २ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार १७८ रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९१९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।

Facebook Comments Box