नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति
काठमाडौं, ३ पुस – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय समिति बनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा प्रकाश स्नेही र पुष्पा भुसाल सदस्य रहेको समिति बनाएको हो ।
संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने जिम्मेवारी समितिलाई दिइएको छ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, शेखर कोइराला, गगन थापालगायत आकांक्षी छन् । बैठकले प्रदेशसभामा दलको नेता चयनको निर्वाचन अघि बढाउनका लागि प्रदेश समितिहरुलाई निर्देशन पनि दिएको छ ।
Facebook Comments Box

