बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु कुर्सी दौड प्रतियोगितामा सहभागी
काठमाडौं, १९ मंसिर – यही मंसिर २९ गते काठमाडौं महनागरको २८ औ महानगर दिवस हो । यसै दिवसका अवसरमा काठमाडौं महानगरपालिका शिक्षा विभागले काठमाडौं महानगर भत्र रहेका सामुदायिक विद्यालयहरुमा विभिन्न खेलकुद तथा अन्य प्रतियोगिताको आयोजना गरेको छ ।
यसै अवसरमा काठमाडौको निर्मल बालबिकास विद्यालय र सुस्तःमनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयका बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु विच कुर्सी दौड प्रतियोगिताको आयोजना गर्यो ।
यस प्रतियोगितामाका क्रममा सुस्तः मनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय सिनामंगलका प्रधानाध्यापक सोम बहादुर श्रेष्ठले बौदिक अपाङ्गता भएका व्यक्तिहरुका लागि यो खेल प्रतियोगिता ज्यादै उपयोगी रहेको र आगामी दिनमा यस्ता विद्यार्थीहरुको उमेर, क्षमता र रुचि अनुसारका खेलकुदहरुको आयोजना गर्नु पर्ने भन्दै आयोजक संस्थालाई धन्यवाद दिनु भयो ।
त्यसै गरी निर्मल बालविकास विद्यालय लगायत अन्य विद्यालयकी स्रोत व्यक्ति डा. शर्मिला पोखरेलले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको उल्लेखनिय सहभागीता होस र खेलकुदले यस्ता प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको विषयमा जनचेतना जाग्ने भन्दै आगामी दिनहरुमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका अभिभावक तथा उनीहरुका शिक्षक शिक्षिकाहरुसँग छलफल र सल्लाह गरेर उनीहरुको रुचि अनुसार कुन खेल खेल्न सक्छन् भन्ने कुराको पहिचान गरी अन्य खेलकुद प्रतियोगीताहरुको आयोजना गरिने बताउनु भयो ।
निर्मल बालविकास विद्यालय भिमसेनगोलाकी प्रधानाध्यापक ज्योती खनाल / भट्टराईले काठमाडौं महानगरपालिका शिक्षा विभागले यो अवसर प्रदान गर्नु भएकोमा आयोजकलाई धन्यवाद दिदै अब बौदिक अपाङ्गता भएका व्यक्तिहरुका लागि आयोजना गरिने खेलकुदहरुमा पूर्ण तथा अति असक्त बौदिक अपाङ्गता भएका व्यक्तिहरुको प्रकार र उमेरको वर्गीकरण गरी उनीहरुको रुचि र क्षमता अनुसारका खेलकुदहरु समय समयमा खेलाउनु पर्ने कुरामा जोड दिनु भयो ।
यस खेल प्रतियोगिताका सन्दर्भमा आयोजक संस्था काठमाडौं महानगरपालिका शिक्षा विभागका शिक्षा अधिकारी मोतीप्रसाद भट्टराईले अपाङ्गता भएका विद्यार्थीहरु तर्फ बौद्धिक अपाङ्गताका २ वटा र बहिरा अपाङ्गता तर्फ नक्सालमा रहेको बहिरा विद्यालयलाई समावेश गरिएको भन्दै बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि यस्ता खेलकुद प्रतियोगीताहरुले उनीहरुको अन्तरनिहित प्रतिभाको विकास हुने कुरामा जोड दिनु भयो ।
बौदिक अपाङ्गता भएका विद्यार्थीहरु विच प्रतिस्पर्धा गराइएको कुसी दौड प्रतियोगितामा सुस्तःमनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयका २६ जना र निर्मल बालविकास विद्यालय भिमसेनगोलाका ३४ जना गरी ६० जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुले सो खेल प्रतियोगितामा सहभागीता जनाएका थिए ।
जसमा निर्मल बालविकास विद्यालय भिमसेनगोलाका विद्यार्थी धर्म थापाले प्रथम र राजन महर्जनले दितिय स्थान हासिल गर्नु भयो भने सुस्तःमनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय सिनामंगलका विद्यार्थी सुजन लिम्बुले तृतिय स्थान हासिल गर्नु भएको छ । विजेता खेलाडीहरुलाई यही मंसिर २९ गते महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
शर्मिला विश्वकर्मा

