पाँचदलीय सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं , १९ मंसिर, – पाँचदलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

यस्तै, कांग्रेस वरिस्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, कृष्ण सिटाैला, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, जनमाेर्चाका सचिव हिमलाल पुरी लगाएत नेताहरु सहभागी छन्। बैठकमा चुनावको समीक्षा तथा नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरुले बताएका छन्।

Facebook Comments Box