पाँचथरमा कांग्रेस र एमालेको चर्को प्रतिस्पर्धा : मतअन्तर ९६ मात्र
काठमाडौँ, ७ मङ्सिर – पाँचथर प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेसका भिष्मराज आङ्देम्बे र एमालेका बसन्तकुमार नेम्बाङबीचको प्रतिस्पर्धा रोचक बनेको हो।
२५ हजार १ सय ८८ मत गणना हुँदा आङ्देम्बेले ९६ मतले नेम्बाङलाई पछाडि पार्नु भएको छ। आङ्देम्बेले १० हजार ८ सय ३ मत प्राप्त गर्दा नेम्बाङले १० हजार ७ सय ७ मत पाउनुभएको छ।
Facebook Comments Box

