रेडियो कर्मी महावीर विश्वकर्माको निधन
काठमाडौँ, ६ मङ्सिर – चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता एवं वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महावीर विश्वकर्माको निधन भएको छ। आज गृहजिल्ला चितवनमा विश्वकर्मा सवारर माइक्रो बस बिग्रेर रोकिराखेको गाडीमा ठोक्किँदा उनको निधन भएको वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य रुपा सुनारले जानकारी दिइन्।
‘उहाँ चढेको माइक्रो बस बिग्रेको गाडीमा ठोक्किँदा उहाँको निधन भएको हो’, मंगलबार बिहान सुनारले भनिन्। दुर्घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी भए पनि विश्वकर्माको निधन भएको पुष्टि उनले गरिन्।
Facebook Comments Box

