समानुपातिक तर्फ नेकपा एमालेले पहिलाे,कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाडौँ, ६ मङ्सिर – आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ। हालसम्मको गणनामा कांग्रेस दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ। एमालेले ६० हजार ४४४ मत ल्याउँदा कांग्रेसले ५३ हजार १२८ मत पाएको छ।

त्यस्तै, तेस्रोमा रहेको स्वतन्त्र पार्टीले २७ हजार ६७ मत पाएको छ भने नेकपा माओवादी केन्द्रले २३ हजार ३१२ मत पाएको छ। पाँचौं स्थानमा उक्लिदै राप्रपाले १३ हजार ३१३ मत पाएको छ। क्षेत्रीय पार्टीको रुपमा उदाएको सिके राउतको पार्टी मधेशमा सबैभन्दा ठुलो बनेको छ। जनमत पार्टीले ४ हजार ५२१ मत पाउँदा जसपाले ४ हजार ४९९ मत पाएको छ।

आठौं नम्बरमा नेपाल मजदुर किसान पार्टी रहेको छ। जसले ४ हजार १४८ मत पाएको छ। एमालेबाट विद्रोहगरी बनेको एकिकृत समाजवादीले २ हजार ७०९ मत पाउँदै नवौं स्थानमा रहेको छ। १० औं स्थानामा ओगट्दै लोसपाले २ हजार ८२ मत पाएको छ। अन्य पार्टीले ११ हजार १०५ मत रहेको छ।

३ वटा प्रदेशमा एमाले अघि, १ मा कांग्रेस
प्रदेशगत समानुपातिक तर्फपनि एमाले नै अघि रहेको छ। प्रदेश १ मा एमलोले १८ हजार ६६२ मत ल्याउँदा नेपाली कांग्रेसले १५ हजार १९३ मत ल्याएको छ। तेस्रोमा रहेको माओवादी केन्द्रले ६ हजार २७ मत पाएको छ। मधेश प्रदेशमा जनमत पार्टी सबैभन्दा बढी मत ल्याएको छ। जनमत पार्टीले २ हजार ६४४ मत ल्याउँदा नेपाली कांग्रेसले २ हजार २२८ मत ल्याएको छ। तेस्रोमा रहेको एमालेको मत २ हजार २०० रहेको छ। माओवादीले १२ सय ३८ र जसपाले १ हजार ८३ मत ल्याएका छन्।

बागमति प्रदेशमा नेपाली कांग्रेसको सबैभन्दा बढी मत रहेको छ। कांग्रेसले ९ हजार १९७ मत पाउँदा एमालेको ७ हजार ९८८ मत पाएको छ। तेस्रोमा राप्रपाको ५ हजार ४५९ मत पाउँदा चौथोमा माओवादीको ३ हजार ९०६ मत पाएको छ।गण्डकीमा एमाले अघि रहेको छ। एमालेले ११ हजार ५३९ मत ल्याउँदा नेपाली कांग्रेसले ८ हजार ४९९ मत ल्याएको छ। तेस्रोमा माओवादी केन्द्रले २ हजार २२३ मत रहेको छ।

लुम्बिनीमा एमाले पहिलो स्थानमा रहदै १८ हजार ६८० मत पाएको छ। दोस्रोमा रहेको कांग्रेसले १२ हजार ६०८ मत पाएको छ। तेस्रोमा रहेको माओवादीले ७ हजार ५६ मत ल्याएको छ। कर्णाली र सुदुरपश्चिमको समानुपातिक मत प्रकाशित हुन अझै बाँकी रहेको छ।

Facebook Comments Box