भक्तपुर क्षेत्र नं. २ को मतगणनामा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिए
काठमाडौं, ५ मंसिर – भक्तपुर क्षेत्र नं. २ को मतगणनामा नेकपा एमालेका महेश बस्नेतले साँझदेखि अग्रता लिएका छन्। सोमबार बिहान मतगणना सुरु भएदेखि अग्रता लिइरहेका नेपाली कांग्रेसका दुर्लभ थापा अब पछि परेका छन्।
ताजा अवस्थामा भक्तपुर २ मा एमालेका बस्नेतले ६८ सय २४ मत ल्याएर अग्रता बनाएका छन्। जहाँ कांग्रेसका थापा ६४ सय ८४ मतसहित दोस्रो स्थानमा धकेलिएका छन्। यहाँ बस्नेतले अब ३४० मतको अग्रता बनाएका छन्।
Facebook Comments Box

