सुरक्षा व्यवस्था मजबुत छ, ढुक्क भएर मतदात गर्नुस् : गृहमन्त्री

काठमाडौं, १ मंसिर – गृहमन्त्री बालकृष्ण खाणले मुलुकमा शान्तिसुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ, सबै देशवासीले आआफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला ।”

उहाँले गत वैशाखमा पनि एकैदिन देशैभरि एकैचरणमा शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “पहिलेपहिले स्थानीय तहको निर्वाचन विभिन्न चरणमा गर्ने गरेकामा यस वर्ष हामीले एकैदिन बडो सौहार्दपूर्णरुपमा निष्पक्षरुपमा सम्मपन्न ग¥यौँ, हामीलाई यसबाट पनि आत्मबल बढेको छ, अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।”

मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र हिमाल पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सुरक्षा व्यवस्था अपनाइएको जानकारी उहाँले दिनुभयो ।

मतदाता, उम्मेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य हो भन्ने विषयलाई वर्तमान सरकारले ध्यानमा राखेको र सोहीबमोजिम नै नागरिक तथा मतदानपछि मतपेटिका र सबै अवस्थाको सुरक्षा चुस्त बनाइएको गृहमन्त्री खाणले बताउनुभयो ।

उहाँले कुनै पनि किसिमको बाधा व्यवधान नहुने स्पष्ट गर्दै सबै नेपाली नागरिकलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन र ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो ।

Facebook Comments Box