आज नेपाल र यूएईबीच दोस्रो एकदिवसीय क्रिकेट हुँदै

काठमाडौं, ३० कात्तिक – आज नेपाल र यूएईबीच दोस्रो एकदिवसीय क्रिकेटमा प्रतिस्पर्धा हुँदै छ। तीन खेलको श्रृङ्खलाको लागि नेपाल आएको यूएईले पलिो खेलमा ८४ रनको फराकिलो जित हात पारेको थियो।

बुधबार हुने दोस्रो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान नौ बजे सुरु हुनेछ। एकदिवसीय श्रृङ्खला बचाउन नेपालले अब दुवै खेल जित्नुपर्ने हुन्छ। आजको खेलमा यूएईले जित हात पारे श्रृङ्खलामा उसले कब्जा जमाउनेछ।

Facebook Comments Box