धादिङमा बुलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

धादिङ, २७ कात्तिक – धादिङको ज्वालामुखि गाउँपालिका–४ मा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। उक्त गाउँपालिकाको टारीस्थित भित्रि सडक खण्डबाट अर्याल गाउँतर्फ जाँदै गरेको ग १ ज ५५८० नम्बरको बोलेरो दुर्घटनामा परेको डिएसपी श्याम बहादुर खत्रीले जानकारी दिए। धान पराल बोकेर घरतर्फ फर्कंदै गरेको बोलेरो दुर्घटनामा परेको हो।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार बोलेरो सडकबाट अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो। सोही गाउँपालिका बस्ने केदारनाथ अर्यातका छोरा ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै निधन भएको डिएसपी खत्रीले बताए। घाइतेहरुको उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएको र प्रहरी चौकी भन्ज्याङबाट खटिएको टोलीले उद्दार गरिरहेको छ।

यी हुन घाइतेः
१) ज्वालामुखी गाउँपालिका–४ अर्याल गांउ बस्ने बर्ष २०को समिर गदेल।
२) ज्वालामुखी गाउँपालिका–४ का ३१ वर्षीयप्रकाश अर्याल।
३)ज्वालामुखी गाउँपालिका–४ का ३८ वर्षीय सोम बहादुर दुवाडि।
४) ज्वालामुखी गाउँपालिका–४का ४२ वर्षीय राम बहादुर बि.क.।
५) ज्वालामुखी गाउँपालिका–४का ५२ वर्षीय किसन बि.क.।
६)ज्वालामुखी गाउँपालिका–४का १५ वर्षीय प्रितम गदेल।

Facebook Comments Box