काठमाडाै उपत्याकामा ६ जना सहित देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडाै उपत्याकामा ६ जना सहित देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३७ आरटी पीसीआर तथा ६१२ एन्टीजेन परिक्षण सहित १ हजार २१९ जनाको परिक्षण गर्दा थप ७ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ९५१ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५६७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार १८० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।

Facebook Comments Box