पछिल्लो २४ घण्टामा देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १५ कात्तिक – पछिल्लो २४ घण्टामा देशभर थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा १ हजार ६०२ आरटी पीसीआर तथा २ हजार ४० एन्टीजेन परिक्षण सहित ३ हजार ६४२ जनाको परिक्षण गर्दा थप २९ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५२ हजार ७७८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५५३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ५९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।

Facebook Comments Box