साफ महिला च्याम्पिनयसिप फाइनलको पहिलो हाफमा घरेलु टोली नेपाल बंगलादेशसँग २–० ले पछि

काठमाडौँ, ३ असोज – साफ महिला च्याम्पिनयसिप फाइनलको पहिलो हाफमा घरेलु टोली नेपाल बंगलादेशसँग २–० ले पछि परेको छ।त्रिपुरेशवरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगालदेशले अग्रता बनाएको हो। बंगलादेशका लागि साम्सुनाहर र श्रीमती केष्ण रानी सरकारले गोल गरे।

खेलको पहिलो मिनेटमा नै कृष्णदेवी सरकारले प्रहार गोलरक्षक एञ्जिला तुम्वापो सुब्बाले बचाईन्। खेलका सुरु भएको दुई मिनेटमा नै दिपा शाहीको प्रहार बंगलादेशकी गोलरक्षकले सहच बचाउ गरिन्।

खेलको १४ औँ मिनेटमा मोनिका चकमाको पासमा साम्सुनाहरले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाईन्। खेलको १० औँ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी थिईन्।

खेलको ३५ औँ मिनेटमा अनिता बस्नतेको फ्रिकीक पोष्टको नजिकबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो। विपक्षी खेलाडीले अनिता बस्नेतलाई लगाएपटि नेपालले फ्रिकीकको मौका पाएको थियो।

खेलको ४१ औँ मिनेटमा कृष्णरानी सरकारले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको पहिलो हाफमा नेपालले गोल गर्दै केही मौका पाएपनि बंगलादेशकी गोलरक्षकले राम्रो बचाउ गरेकी थिईन्।

पाँचौ पटक साफ च्यम्पियनसिपको फाइनलमा पुगेको नेपाल उपाधि घरमा नै राख्ने योजनामा छ। उता दोस्रो पटक उपाधि नजिक पुगेको बंगलादेश उपाधि उचाल्दै किर्तिमान बनाउन चाहान्छ।

साफको पाँच पटकको उपाधि विजेता भारतलाई पराजित गर्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्। बंगलादेशले समुह चरणमा भारतलाई हराएको थियो भने नेपालले सेमिफाइनलमा भारतलाई हराएको थियो।

Facebook Comments Box