आज देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना
काठमाडौँ, ६ कात्तिक – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी क्षेत्र र प्रदेश १ को तराई भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comments Box

