सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने

काठमाडौं, १ कात्तिक – सहीद स्मारक ए डिभिजन लिग पुस २६ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरु मंगलबार बसेको बैठकले ए डिभिजन लिग पुस २६ गतेदेखि गर्ने निर्णय गरेको एन्फाले जनाएको छ ।

‘सहीद स्मारक ए डिभिजन लिग २०७९ पुस २६ गतेदेखि २०८० जेठ २० गतेसम्म आयोजना गर्ने निर्णय भएको छ’, एन्फाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डबल राउण्ड रोविनको आधारमा खेल सञ्चालन गर्ने ।’

लिगका खेलहरु उपत्यका बाहिर पनि आयोजना गर्नका लागि पहल गरिने एन्फाले जनाएको छ । लिगलाई कसरी व्यवस्थित गर्ने भन्ने सम्बन्धमा कात्तिक १४ गते कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

Facebook Comments Box