झापामा गोली चल्यो, एक जना गम्भीर घाइते

झापा, १ कात्तिक – झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले बताए ।

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको उनले जनाए ।

Facebook Comments Box