निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर सञ्चालनमा

काठमाडौं, २८ असोज – निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।

उक्त निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो । आयोगका अनुसार टोल फ्री नम्बर मार्फत जो कोहीले निर्वाचन सम्बन्धी प्रश्न सोध्न र जिज्ञासा राख्नु सक्नेछन् ।

Facebook Comments Box