प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सुरु
काठमाडौं, २३ असोज – आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सुरु भएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ उम्मेदवारी दर्ताका लागि आजका लागि मिति तोकिएको छ।
सोही अनुसार देशैभर मनोनयन दर्ता सुरु भएको छ। आजै साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन गरिने आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय उम्मेदवारको विरोधमा उजुरी दिनका लागि तोकिएको छ।
Facebook Comments Box

