भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरमा अवतरण
जनकपुरधाम, २० असोज – भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान मौसमको खराबीका कारण जनकपुरमा अवतरण गरेको छ । खराब मौसमका कारण काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि जनकपुर विमानस्थलमा अवतरण गराइएको हो ।
बिहान सवा ६ बजे उड्नुपर्ने विमान ७ : ३५ मा भैरहवाबाट काठमाडौंका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको हो । त्यसपछि पुन: त्यहाँबाट उडेको विमान १०:२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ ।
झण्डै एक घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको विमानका यात्रु बुटवलका मदन खनालले जानकारी दिए । बुद्ध एयरका अनुसार इनरूट मौसममा खराबी भएको कारण विमान जनकपुरमा ल्यान्ड गरिएको हो ।
Facebook Comments Box

