दसैँ मनाउन जन्मथलो फर्कँदा सिन्धुपाल्चोकमा कार जलेर नष्ट

काठमाडौं, १५ असोज – बडादसैँ मनाउन काठमाडौंबाट जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ का एक परिवारको कार जलेर नष्ट भएको छ।

शनिबार दिउँसो १ बजेर ४० मिनेटमा सुनकोसीको यमुनाडाँडा–४ स्थित सिमपानी भन्ने ठाउँमा उक्त गाडी जलेर नष्ट भएको हो। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर यादवका अनुसार कुनै मानवीय क्षति भने भएको छैन्।

कारमा ४ जना सवार रहेको एसपी यादवले जानकारी दिए। सुनकोसी गाउँपालिका–४ निवासी राज कुमार विकको कार जलेको हो। उकालोमा जाने क्रममा कार हिट भएर जलेको यादवले जानकारी दिए।

उकालोमा गाडीबाट धुँवा आएपछि विक ओर्लिएर हेर्दा कारबाट आलो बलेको थियो। कार जले पुरै नष्ट भएको प्रहरीले बताएको छ।

Facebook Comments Box