नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किए
काठमाडौं , १० असोज – नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किएका छन् । सोमबार भट्टराईसहित एकीकृत समाजवादीका विभिन्न कमिटीमा रहेका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।
भटराईलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । भट्टराईले अलग भएर भन्दा एकजुट भएर नै क्रान्ति अगाडि बढाउन सकिने भएकाले एमालेमा फर्किएको बताए । उनले विगतमा केपी शर्मा ओलीको आलोचना गर्नेहरु अहिले ओली भन्दा खराब देखिएको टिप्पणी गरे ।
Facebook Comments Box

