डा. केसी र सरकारी वार्ता टोलीबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ, ५ असोज – स्वास्थ्य शिक्षा र उपचारमा सुधारको माग राख्दै अनशनमा बसेका डा. गोविन्द केसीको मागबारे केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच कुराकानी भएको छ । वार्तामा सहमति हुनसक्ने बुँदाबारे छलफल भए पनि कुनै सहमति हुनसकेको छैन । भोलि आज फेरि वार्ता गर्ने गरी छलफल सकिएको छ ।

९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको उनी उपचाररत सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालले स्वास्थ्यमा थप जटिलता हुनसक्ने बताएपछि उनलाई लिन नेपाली सेनाको स्काइ ट्रक धनगढीमा गएको थियो । तर उनले माग पूरा नभएसम्म धनगढी नछाड्ने अडान राखेपछि स्काइ ट्रक फर्केको छ।

Facebook Comments Box