काठमाडौं उपत्यकामा ५७ जना सहित देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७ जना सहित देशभर थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ६७४ आरटी पीसीआर तथा २ हजार ११६ एन्टीजेन परिक्षण सहित ३ हजार ७९० जनाको परिक्षण गर्दा थप १२६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार १६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार १२९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १३७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८४ हजार ९७७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १५ पुगेको छ ।

Facebook Comments Box