स्थानीय तहमा उम्मेदवार बनेकालाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार हुनबाट रोक

काठमाडौं, २९ भदौ – नेपाली कांग्रेसले स्थानीय तहमा उम्मेदवार बनेकालाई प्रदेश र प्रतिनिधि सभामा उम्मेदवार हुनबाट रोक लगाएको छ।

बुधबार बसेको नेपाली कांग्रेस केन्द्रीय संसदीय समितिको बैठकले ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने’ निर्णय गरेको हो।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले कांग्रेसको तर्फबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को समानुपातिक तर्फका उम्मेदवारको चयनका लागि विभिन्न आधार र मापदण्डसमेत तय गरेको छ।

Facebook Comments Box