विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपाल सँग फिलिपिन्स १३६ रनले पराजित
काठमाडौँ, ७ फागुन – आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको खेलमा नेपालले फिलिपिन्स लाई १३६ रनले पराजित गरेको छ ।
ओमानमा भइरहेको खेलका टस हारेर ब्याटिङ्ग गर्न मैदानमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१८ रन बनाएको हो ।
पालका लागि ओपनर कुशल भुर्तेलले ६१ बल खेल्दै १३ चौका १ छक्का प्रहार गर्दै अविजित १०४ रन बनाउनुभयो । यस्तै दीपेन्द्र सिंह ऐरीले ४७ बल खेल्दै ६ चौका र ४ छक्का मद्दतमा ८३ रन बनाउनुभयो ।
फिलिपिन्सका लागि डानियल स्मिथल, मिग्गी पोडोस्गी र गुरपिन्दर चौहानले समान १—१ विकेट लिनुभयो । २१९ रनको लक्ष लिएर मैदानमा उत्रेको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विेकटको क्षतीमा ८८ रन बनाएर खेल १३६ रनले पराजित हुन पुग्यो ।
नेपाका वलर सन्दिव लामीछानेले ३, गुल्सन झा, अभिनाश बोहारा, जितेन्द्र मुखिया, कुशल मल्ल, दिपेन्द्रसिह अैरीले समान १—१ विकेट लिनुभयो ।

