चोलेन्द्र शमशेर जबराविद्ध छानविन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै

काठमाडौं, १९ भदौ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविद्ध छानविन गर्न बनेको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ। सिंहदरबारमा गत १५ भदौदेखि समितिले प्रधानन्यायाधीश जबराको बयान लिन थालेको छ।

१५ र १६ गते दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका छन्। पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवा ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याएका थिए।

सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको थियो। आइतबार ११ बजे थप बयान दिन चोलेन्द्रलाई बोलाइएको छ। समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरे पनि सवालजवाफ लम्बिँदा बयान लिन अझै एकसाता लाग्ने अनुमान गरिएको छ। प्रश्नहरू लामो भएकाले समय लागेको बताइएको छ।

Facebook Comments Box