काठमाडौं उपत्यकामा ३१ जना सहित देशभर थप १७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ११ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३१ जना सहित देशभर थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ६४३ आरटी पीसीआर तथा २ हजार १९६ एन्टीजेन परिक्षण सहित २ हजार ८३९ जनाको परिक्षण गर्दा थप १७३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४६ हजार ८६४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ६१२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३९६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८१ हजार ५९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९९ पुगेको छ ।

Facebook Comments Box