कपिलवस्तुमा गोली हानी एक जनाको हत्या
काठमाडौं, १० भदौ – कपिलवस्तुमा गोली हानी एक जनाको हत्या भएको छ। शुक्रबार दिउँसो अज्ञात व्यक्तिको गोली प्रहारबाट एक जनाको हत्या भएको हो।
कपिलवस्तुका डीएसपी जेसी साहले मायादेवी गाउँपालिका ६ का ५० वर्षीय घुरहु पासीमाथि गोली प्रहार भएको जानकारी दिए। घटनास्थलमा प्रहरीको टोली पुगेको र थप अनुसन्धान भइरहेको साहले बताए। गोली लागेर गम्भीर घाइते भएका घुराहुलाई तौलिहवा अस्पताल लगिएको थियो।
Facebook Comments Box

