ओलीको प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो ९ वटा समूह
काठमाडौं, १० भदौ – नेकपा एमालेले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाएको छ । पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
त्यसबारे छलफल गर्न सात प्रदेश, जनसंगठन र प्रवास तथा केन्द्रीय विभाग गरेर ९ वटा समूह बनेको छ । यो समूहमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी चुनावमा पार्टीलाई कसरी पहिलो पार्टी बनाउने भनेर छलफल गर्ने छ । र, भोलि विहान १० बजे बस्ने बैठकमा पेश हुनेछ ।
Facebook Comments Box

