एबियु रोबोकन २०२२ प्रतिस्पर्धामा नेपाली टिम दोस्रो रनरअप हुन सफल
काठमाडौँ, ७ भदौ – एबियू एसिया प्यासिफिक रोबोट कन्टेस्ट (एबियु रोबोकन) २०२२ प्रतिस्पर्धामा नेपाली टिम दोस्रो रनरअप हुन सफल भएको छ । एसिया प्यासिफिक हरेक देशबाट प्रतिनिधि हुने यस रोबोकनमा नेपालबाट त्रिभुवन विश्वविद्यालय आईओई टिमले सहभागिता जनाएको थियो ।

नेपालले विश्वस्टेजमा भारतको टिम इन्डिया यूनिभर्सिटीः निर्मा यूनिभर्सिटी र टिम थाइल्याण्डः नाखोनायोक टेक्निकल कलेजलाई हराउँदै टेबल टप भएर सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो तर हङ्कङसँग सेमिफाइनलमा नेपालले हारेर दोस्रो रनर अप भएको हो ।

प्रतिस्पर्धामा विजयी चाइनिज यूनिभर्सिटी अफ हङ्कङ भएको थियो र पहिलो रनर अप इन्डोनेसियाबाट इन्स्ट्यिुट टेक्नोलोजी सेपलअ भएका थिए । नेपाली टिमकाे लिड रूज्जल आचार्यले गर्नु भएकाे थियाे। नेपाल दोस्रो रनर अप हुनुकाे साथै नागासे अर्वडबाट पनि सम्मानित भएकाे छ ।

एबियू रोबोकन सन् २००२ देखि एसिया प्यासिफिक ब्रोडकास्टिगं यूनियनले सञ्चालन गर्दै आएको प्रतिस्पर्धा हो । यस प्रतिस्पर्धाले इन्जियनिरिंग क्षेत्रको र प्रसारण प्रविधिको विकासका लागि काम गर्ने गर्दछ ।



