कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला

धनगढी, ७ भदौ – कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए । मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

Facebook Comments Box