चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश
काठमाडौँ, ६ भदौ – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका पूर्वमेयर अमानसिंह तामाङ नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले पार्टी केन्द्रीय कार्यालयमा सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले तामाङसहित सिन्धुपाल्चोकका नेता – कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन्।
तामाङ ०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए। पार्टीले जिम्मेवारी बाँडफाँटमा आफ्नो मूल्यांकन नगरेको, परिवारवाद हावी भएको लगायतका कारण देखाउँदै तामाङ एमाले प्रवेश गरेका हुन्। पार्टीले जिम्मेवारी बाँडफाँट गर्ने विषयमा आफूलाई पक्षपात गरेको तामाङको आरोप छ।
Facebook Comments Box

