मधेश प्रदेशस्थित लोकतान्त्रिक समाजवादी पार्टीका सांसद प्रह्लाद गिरी नेकपा एमालेमा प्रवेश
काठमाडौं, ४ भदौ – मधेश प्रदेशस्थित लोकतान्त्रिक समाजवादी पार्टीका सांसद प्रह्लाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गिरी एमाले प्रवेश गरेका हुन्। उनलाई एमालेल अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्।
पर्साबाट निर्वाचित गिरीले एमाले प्रवेशका लागि यसअछि नै ओलीसँग छलफल गरिसकेका थिए। गिरीसहित युवा नेता अरुण यादव, सुजित गिरी लगायतले पार्टी प्रवेश गरेका हुन्।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी छाडेर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी रोजेपछि गिरी पनि त्यतै लागेका थिए। पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका गिरी लोसपाका केन्द्रीय सदस्य पनि हुन्। लोसपामा मधेश प्रदेशका प्रभावशाली नेता मानिने उनले यसअघि पनि पटक पटक दल बदलिसकेका छन्।

