नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव छ : मुख्य प्रशिक्षक प्रभाकर
काठमाडौँ, २९ साउन – नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने उनले बताए ।
नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार मात्र नेपाल आएका हुन् । नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु ।
विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । टि–२० मा पावर गेम खेल्नु पर्दैन ।’ उनले अघि भने, ‘यदि टेक्निक छ भने जुन सुकै फर्म्याटमा जुन सुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली ब्याट्सम्यानहरुमा त्यही अभाव देखेको छु ।’
Facebook Comments Box

