काठमाडौं उपत्यकामा ३०० जना सहित देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
काठमाडौँ, २५ साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०० जना सहित देशभर थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ६१४ आरटी पीसीआर तथा ३ हजार ९१ एन्टीजेन परिक्षण सहित ६ हजार ७०५ जनाको परिक्षण गर्दा थप ८६८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ३०६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४१४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७३ हजार ८१९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९७७ पुगेको छ ।

