पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा, सतर्कता अपनाउन अपिल
मोरङ, ११ साउन – पछिल्लो ३ घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो ।
थप वर्षा हुनसक्ने आकलन गरिएको छ । ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।
Facebook Comments Box

