साफ यू-१९ च्याम्पियनसिपमा नेपालले सानदार विजयी सुरुआत : माल्दिभ्स ४-० गोल अन्तरले पराजित

काठमाडौँ, ९ साउन – साफ यू-१९ च्याम्पियनसिपमा नेपालले सानदार विजयी सुरुआत गरेको छ। भारतको भुवनेश्वरमा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे। खेलको ४२ औं मिनेटमा दिपेशले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। आयुष घलानको फ्रिकिक माल्दिभ्सका गोलरक्षकले पन्च गर्दै बचाए पनि रिबाउण्डमा बललाई दिपेशले पोष्टको दिशा दिलाए।

खेलको ५८ औं मिनेटमा सुगमले माल्दिभ्सका डिफन्डरलाई बिट गर्दै गोल गरे। ६२ औं मिनेटमा कृतिशले गोल गर्दै नेपाललाई ३(० को अग्रता दिलाए।

६२ औ मिनेटमा माल्दिभ्सका डिफेन्डरले आयुष घलानलाई पेनाल्टी एरियामा लडाएपछि पाएके पेनाल्टीमा कृतिशले सहजै गोल गरे। खेलको इन्ज्युरी समयमा मनग्यले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए। अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ।

Facebook Comments Box