काठमाडौँमा उपत्याकामा २४९ जना सहित देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ६ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २४९ जना सहित देशभर थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार १६८ आरटी पीसीआर तथा १ हजार ६७० एन्टीजेन परिक्षण सहित ३ हजार ८३८ जनाको परिक्षण गर्दा थप ४५६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २४ हजार ४३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार ८४१ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार ३०८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५४ पुगेको छ ।

Facebook Comments Box