फुटपाथमा निर्माण सामग्री राख्नेलाई ५ हजार जरिवाना
काठमाडौँ, २८ असार – काठमाडौं महानगरपालिकाले फुटपाथमा निर्माण सामग्री राख्नेलाई ५ हजार जरिवाना गराएको छ। महानगरपालिकाले फुटपाथ र सडकमा निर्माण सामाग्री राखेको कारण आज कारबाही गरिएको जानकारी गराएको छ।
फुटपाथ अबरोध भएर पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु आइरहेको बताउँदै महानगरले भनेको छ, ‘कारबाही बाध्यता हो। तर, कानुनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्तव्य हो।’
यसअघि हिजो (मंगलबार) मात्रै काठमाडौंको रातोपुल नजिकैबाट नदीमा फोहोर फाल्ने एक कम्पनीलाई २५ हजार जरिवाना गरेको थियो। गुनासाहरुको सम्बोधन र महानगरको आफ्नै अनुगमन सँधै कायम रहेको महानगरले जनाएको छ।
Facebook Comments Box

