बाजुराको बूढीगंगा नगरपालिकाको वडा नं. १ र १० मा एमाले विजयी, मेयर र उपमेयर दुवैमा एमालेलेको अग्रता
बाजुरा, २५ असार – बाजुराको बूढीगंगा नगरपालिकाको वडा नं. १ र १० मा एमाले विजयी भएको छ । वडा नं. १ मा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत मात्र ल्याए ।
यस्तै १० मा एमालेका दलबहादुर सावद ५४८ मतसहित वडाध्यक्षमा विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए । मेयर र उपमेयर दुवैमा एमालेले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले १३२५ र नेपाली कांग्रेसका रंगबहादुर खातीले ८८६ मत पाएका छन् ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले १२९० मत पाएकी छन् भने कांग्रेसकी रीता शाही (शाह)ले ९१९ मत छ ।रीता २३ वर्षीया हुन् । हालसम्म वडानम्बर १, १० र २ को २३४० मत गणना भएको छ । मत गणना सकिएका २ वडामा एमाले विजयी भएको छ भने वडानम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।
बुढीगंगा नगरपालिकामा बिहीबार मतदान भएको थियो । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीले जानकारी दिए ।

