प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाए पदाधिकारी बैठक
काठमाडौँ, १९ असार – नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बताए । मुख्यसचिव पौडेलले भातृ र शुभेच्छुक संस्थाको विधान तय गर्न, पार्टीभित्रका विषय तथा राजनीतिक विषयका समसामयिक विषयमा छलफल हुने बताए ।
Facebook Comments Box

