जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि अखिल (क्रान्तिकारी)को दुर्व्यवहार

काठमाडौँ, १७ असार – समयमा नै पाठ्यपुस्तक दिन नसकेको भन्दै विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई दुर्व्यवहार गरेका छन् ।

अखिल (क्रान्तिकारी)को विद्यार्थीले कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलेका छन् । पाठ्यपुस्तकको कृतिम अभाव गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेको लगायतका आरोप लगाउँदै उनीहरुले कालोमोसो दलेका हुन् ।

Facebook Comments Box