काठमाडौँमा उपत्याकामा ३० जना सहित देशभर थप ५० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १७ असार – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ३० जना सहित देशभर थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार ४६७ आरटी पीसीआर तथा १ हजार ३४७ एन्टीजेन परिक्षण सहित २ हजार ८१४ जनाको परिक्षण गर्दा थप ५० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार २०७ रहेको छ भने सक्रिय संक्रमितको संख्या २९७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६७ हजार ४८० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्भया शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५२ रहेको छ ।

