१० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ८० बर्षीय बिक पक्राउ

काठमाडौं, १७ असार – १० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक मुकेश न्यौपानेले बिहिबार बलात्कार आरोपी बिकलाई राती पक्राउ गरी थप अनुसन्धन शुरु गरिएको जानकारी दिनु भयो ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको इन्स्पेक्टर न्यौपानेले बताउनु भएको छ । आँखामा समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिएको पनि प्रहरीले जनाएको छ ।

Facebook Comments Box