आज प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं, १२ असार – आज प्रतिनिधि सभाको बैठक बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

उनका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एउटा वार्षिक प्रतिवेदन, दुईवटा विधेयक पेस गर्ने तथा एउटा सम्झौतामा छलफल गर्ने सम्भावित कार्यसूची छ।

Facebook Comments Box