गृहमन्त्रालय द्वरा प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक

काठमाडौं, ९ असार – गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।

डीआईजी बढुवामा सिफारिस

Facebook Comments Box