दुर्गा प्रसाईको निमन्त्रणमा दुबाईका राजकुमार तीन दिने नेपाल भ्रमणमा
काठमाडौँ, ४ असार – नेकपा एमालेका केन्द्रिय सदस्य तथा उद्योग विभाग उप-प्रमुख साथै बि एण्ड सी तथा पुर्वाञ्चल क्यानसर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको निमन्त्रणामा दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्।

काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। चन्द्रगढि विमान स्थालमा पत्रकार सम्मेलन गर्दै प्रसाईले सो बारे जानकारी गराउनु भएको हो । हिजो असार ३ गते राति काठमाण्डौंमा अवतरण भइसकेको र आज असार ४ र ५ गते झापा भ्रमणमा रहनुहुने छ । पुर्वाञ्चल क्यानसर अस्पताले ल्याएको रु ३६ करोड बराबरको नेपाल कै पहिलो पेट सिटि स्क्यान मेसीन राजकुमारबाट उद्दघाटन हुने समेत प्रसाईले जानकारी दिनु भयो ।





Facebook Comments Box

