प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं, २७ जेठ – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठकमा विनियोजन विधेयक( २०७९ का विभिन्‍न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ।

बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ। बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।

Facebook Comments Box